चर्चित बेलायती अभिनेत्री जोआन्ना लुम्ले सद्भावना दूतमा नियुक्त

Photo Credit : Yogesh Bhattarai

 चर्चित बेलायती अभिनेत्री तथा लेखक जोआन्ना लुम्ले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छन् ।

बेलायत भ्रमणमा रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार बेलायतको संसद भवनमा आयोजित एक समारोहमा उनलाई सद्भावना दूत नियुक्त गरेका हुन् ।

बेलायतको हाउस अफ लर्डस (माथिल्लो सदन)मा आयोजित सो समारोहमा नेपाल भ्रमण वर्ष सफल बनाउन चर्चित तथा महत्वपूर्ण व्यक्तिहरुलाई सद्भावना दूत नियुक्त गरिएको नेपाली दूतावासले जनाएको छ ।

सो अवसरमा बेलायतका सांसद भारतीय मूलका राजनीतिक सन्दिपकुमार बर्मा र बेलायतकै धनाड्य ब्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई पनि नेपाल भ्रमण वर्ष २०२० को अभियान सफल पार्न सद्भावना दूत नियुक्त गरिएको छ ।

प्रकाशित मिति: : 2019-11-08 12:45:43

प्रतिकृया दिनुहोस्