नख्खु कारागारमा तीन पूर्वमन्त्री, ५ जनासँगै बस्छन् आलम

फाइल तस्बिर

विभिन्न आरोपमा मुछिएका तीन जना पूर्वमन्त्रीले एकै कारागारमा बन्दी जीवन बिताइरहेका छन् । ललितपुरको नख्खु कारागारमा मोहम्मद आफतव आलम, सञ्जय साह ‘टक्ला’ र नवीन विश्वकर्माले बन्दी जीवन बिताइरहेका छन् ।

आलमलाई बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा जिल्ला अदालत रौतहटले कात्तिक २९ मा पुर्पक्षका लागि जेल चलान गरेको थियो । अदालतको आदेशमा उल्लेख भएअनुसार सुरक्षाको कारण देखाउँदै उनलाई नख्खु कारागार पठाइएको हो । अदालतको आदेशपछि उनलाई गाडीमा हालेर नख्खु कारागारमा ल्याइएको जेलर सुरेन्द्र पौडेलले बताए ।


नख्खु कारागारको सीआरसी ब्लकमा राखिएका आलमले सामान्य कैदीबन्दी सरह जेलजीवन बिताइरहेको जेलर पौडेलले बताए ।

प्रकाशित मिति: : 2019-11-20 15:18:50

प्रतिकृया दिनुहोस्