उपप्रधानमन्त्री यादव र भाजपाका महासचिव राम माधवबीच भेट

बिएल

उपप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका महासचिव राम माधवलाई भेटेका छन्।

दुई नेताबीच बुधबार बिहान नयाँदिल्लीमा भेटघाट भएको राममाधवले ट्वीटरमार्फत जानकारी दिएका छन्।

उनीहरूबीच के-के कुराकानी भयो भन्ने खुलाइएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका यादव औषधी उत्पादनसम्बन्धी कार्यक्रममा सहभागी हुन् दुई दिनअघि भारत गएका थिए।

उपप्रधानमन्त्री यादव शुक्रबार नेपाल फर्कने छन्।

प्रकाशित मिति: : 2019-11-20 15:32:19

प्रतिकृया दिनुहोस्