नेकपालाई बदनाम गराए आफैं सकिन्छ: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर: बिएल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टलाई फुटाउने मानसिकता बोक्ने विपक्षीह्ररुको सपना कहिल्यै पूरा नहुने बताएका छन्।

नेकपा निर्वाचन परिचालन कमिटी धरानले बुधबार आयोजना गरेको चुनावी सभामा उनले कांग्रेसले नेकपालाई बदनाम गराए आफै सकिने बताए। ‘नेपालको विकास कम्युनिष्टले गर्छ। अब चाँडै आदिवासी जनजाति, महिला र दलित प्रधानमन्त्री बनेको देख्न पाउने दिन आउनेछन्।’

पूर्वप्रधानमन्त्री दाहालले भने, ‘हामीले महिला राष्ट्रपति, जनजाति उपराष्ट्रपति, महिला सभामुख बनाइसकेका छौँ। अब महिला, जनजाति र दलित प्रधानमन्त्री बनाउने पालो छ।’ सभामा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेता भीम आचार्य, नगर प्रमुखका उम्मेदवार प्रकाश राईलगायतले बोलेका थिए।

प्रकाशित मिति: : 2019-11-27 22:35:58

प्रतिकृया दिनुहोस्