प्रधानमन्त्री ओलीको आइसीयुमै डायलासिस

सत्ता-धपेडीबाट मुक्त भएर फेरि यस्तो मन्द मुस्कान फर्काउने कि ? फाइल तस्बिर ।

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको पाँचौ डायलासिस आइसीयुमै भएको छ ।

बुधबार साँंझ निक्कै लामो समय लगाएर महराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्प्लान्ट सेन्टरको आईसीयुमा उनको पाँचौ डायलासिस गरिएको हो। 

उनको मंगलबार मात्र एपेन्डिसाइटिसको शल्यक्रिया गरेर भेन्टिलेटरमा राखिएको थियो।

बुधबार दिउँसो उनलाई भेन्टिलेटरबाट बाहिर निकालेर आईसीयुमै डायालासिस गरियो ।

यसअघि उनको ग्राण्डी अस्पतालमा चारपटक डायालासिस गरिसकिएको छ । चौथोपटक डायालासिस गरिएको दुई दिनपछि उनको अकस्मात एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेको थियो।

अस्पतालले उनको स्वास्थ्यमा सुधार आएको बताए पनि कहिले डिस्चार्ज हुने हो ?, त्यो भने बताएको छैन। 

यसैबीच प्रधानमन्त्रीको स्वास्थ्यस्थितिलाई लिएर घरलेशमा मात्र हैन, परदेशमा पनि चासो र चिन्ता व्यक्त गरिएको छ । उनका खाँट्टी समर्थकले उनको स्वास्थ्यलाभको कामना गर्दै उहाँको नेतृत्वमा मात्र मुलुकले वैतरणी तर्ने बताएका छन् भने मानवीय हिसाबले धेरैले उनले सत्ताको धपेडी छोडेर स्वास्थ्यमा ख्याल गर्नु राम्रो हुने अभिव्यक्ति दिएका थिए।

विरामी प्रधानमन्त्रीका बारेमा प्रत्यक्ष रूपमा नराम्रो टिकाटिप्पणी गर्ने कुरा भएन । अरूको त कुरै छोडौं, पूर्वराजा ज्ञानेन्द्रले पनि आफ्ना तर्फबाट सुस्वास्ञ्यको कामना गर्न पशुपतिभक्त महर्जनलाई पठाएका थिए। 

 

प्रकाशित मिति: : 2019-11-28 06:01:27

प्रतिकृया दिनुहोस्