राजधानीको चन्द्रागिरीमा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु

बिएल

राजधानीको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातातिर्थमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको बबइ गाउँपालिका वडा नम्बर १ का प्रकाश घर्ती र प्रेम पुन रहेका छन्।

सडकको वाल उठाउन खन्ने क्रममा माटोको ढिस्को खस्न पुरेको महानगरीय प्रहरी प्रभाव बलम्बुका इन्स्पेक्टर शंकर खड्काले जानकारी दिए।


उनीहरुलाई घाइते अवस्थामा ओम समाज अस्पताल नैकापमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित मिति: : 2019-11-28 17:15:59

प्रतिकृया दिनुहोस्