रुसी राष्ट्रपति पुटिनको नेपाल भ्रमण हुनेमा आशावादी छौं : प्रवक्ता बाँस्कोटा

फाइल तस्बिर: बिएल

सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमण हुनेमा सरकार आशावादी रहेको बताएका छन् ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले रुसी पुटिनलाई भ्रमणको निम्तो दिएको र पुटिनको नेपाल भ्रमण हुनेमा आशावादी रहेको बताएका हुन् ।

‘हाम्रा कुरा राख्नुभएको छ र हामी आशावादी छौं । हामी संसारका शक्ति राष्ट्र वा अरु देशका राष्ट्र सबैसँग मित्रता चाहन्छौं भन्ने यो अर्को उदाहरण हो। कति सफल हुन्छौं/हुँदैनौं त्यो समयक्रममा देख्नुहुनेछ’उनले भने ।

उनले विश्वका ठूला देशको नेपालमा ध्यानाकर्षण गर्न सरकारले पहल गरिरहेको बताए । 

अघिल्लो महिना चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणममा निम्त्याएको सरकारले अर्को शक्ति राष्ट्र रुसका राष्ट्रपति पुटिनलाई पनि भ्रमण गराउने प्रयास अगाडि बढाएको छ ।

प्रकाशित मिति: : 2019-11-28 18:01:37

प्रतिकृया दिनुहोस्