भक्तपुरको मध्यपुर थिमिमा भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

फाइल तस्बिर: बिएल

मध्यपुर थिमि नगरपालिका–५ जलाखुमा आज पानी ढुवानी गर्ने एउटा भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।

बा १२ च ५६५६ नम्बरको भ्यानले ठक्कर दिँदा सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी २५ वर्षीया ज्योति मगरको मृत्यु भएको मध्यपुरथिमि प्रहरी वृत्तले बताएको छ।

भ्यानले ठक्कर दिएपछि उपचार गर्न मध्यपुर अस्पताल लगेको र अस्पतालको डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

प्रहरीले ठक्कर दिने भ्यान र चालक सिन्धुपाल्चोक घर भई हाल भक्तपुर जिल्ला मध्यपुर थिमि नपा–७ नगदेश बस्ने २८ वर्षका बेलबहादुर तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको पनि उनले जानकारी दिए।

प्रकाशित मिति: : 2019-11-28 18:10:59

प्रतिकृया दिनुहोस्