डोजरले खनेको हेर्न गएका एक बालकको मृत्यु,दुईजना घाइते

फाइल तस्बिर: बिएल

तनहुँ आँबुखैरेनी लेस्थरबाट बरालुङबेसी जोड्ने कच्ची सडक डोजरले खनेको हेर्न गएका एक बालकको मृत्यु भएको छ। कच्ची सडक खनेको हेर्न गएका विशाल भुजेलको ढुंगाले लागेर मृत्यु भएको हो।

टाउकोमा चोट लागेका उनको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएकोछ। सोही घटनामा ७० वर्षका बुद्धराम भुजेल र उनका नाति स्थानीय ११ वर्षका सोमे भुजेलको टाउकोमा चोट लागेको छ।

उनीहरुको भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए।

प्रकाशित मिति: : 2019-11-28 18:19:01

प्रतिकृया दिनुहोस्