मेराे पहिलो मिसन संविधान संशोधन: कानुनमन्त्री यादव

फाइल तस्बिर: बिएल

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले आफ्नो पहिलो मिसनको रुपमा संविधान संशोधन रहेको बताएका छन्।

यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री यादवले कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अहिलेको संविधानमा कतिपय कुराहरु अपूर्ण भएको बताएका थिए ।

मन्त्री यादवले संघीयताको परिभाषा नै गलत भएको भन्दै सबै प्रदेशरु सार्वभौम नभएको स्पष्ट पारे। मन्त्री यादवले आफूहरुलाई संविधान संसोधनको आश्वासन दिएर डेढ वर्षभन्दा बढी समयमा पनि संसोधन नभएको भन्दै असन्तुष्टि जनाए।

विद्रोह वा संवैधानिक बाटोमध्ये दुई विकल्पमध्ये संवैधानिक बाटो नै आफ्ना लागि उपयुक्त रहेको यादवको तर्क थियो। मन्त्री यादवले न्यायलयको सुधारको लागि आफूले सकेसम्मको प्रयास गर्ने बताए।

प्रकाशित मिति: : 2019-11-29 18:21:21

प्रतिकृया दिनुहोस्