९० हजार घुससहित सर्लाहीका प्रहरी निरीक्षक पक्राउ

फाइल तस्बिर: बिएल

जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीका प्रहरी निरीक्षक रामकिशोर साह घुससहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयमा ठगी सम्बन्धी परेको उजुरी मिलाई दिने भन्दै सेवाग्राहीसँग नब्बे हजार लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपायोग अनुसन्धान आयोगका टोलीले शुक्रबार पक्राउ गरेको हो।

अख्तियारका अनुसार उनलाई धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं. ८ स्थित होटल सीता प्यालेसबाट रङ्गेहात नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-29 21:30:35

प्रतिकृया दिनुहोस्