विश्व विजेता फ्रान्स, पोर्चुगल र जर्मनी एकै समूहमा

तस्बिरः एजेन्सी

आगामी वर्ष आयोजना हुने युरोकप फुटबलमा साविक विजेता पोर्चुगल कठिन समूहमा परेको छ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले शनिबार राति सार्वजनिक गरेको खेल तालिकाअनुसार पोर्चुगल समूह एफ परेको हो।

समूह एफ मा पोर्चुगलसहित विश्व विजेता फ्रान्स, जर्मनी रहेका छन्। एक टिम भने प्ले अफ छनोटबाट आउने छन्।

यस समूहबाट उत्कृष्ट एक टिम समूह चरणबाटै बाहिरिने छ।

यस्तै समूह ए मा इटाली, स्विट्जरल्यान्ड, टर्की र वेल्स रहेको छ।

समूह बी मा बेल्जियम, रुस, डेनमार्क र फिनल्याण्ड छन् भने समूह सी मा युक्रेन, नेदरल्यान्ड्स, अष्ट्रिया र एक टिम प्ले अफबाट आउने टिम रहेका छन् ।

समूह डी मा इंग्ल्याण्ड, क्रोएसिया, चेक रिपब्लिक र प्ले अफ छनोटबाट आउने टिम रहेको छ। त्यस्तै समूह ई मा स्पेन, पोल्याण्ड, स्विडेन र प्ले अफ छनोटबाट आउने टिम रहेको छ ।

सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म हुने युरोकपमा २४ टिमको सहभागिता रहनेछ।

प्रकाशित मिति: : 2019-12-01 07:33:02

प्रतिकृया दिनुहोस्