दाङ ३ (ख) मा मतगणना अन्तिम चरणमा, नेकपा उम्मेदवारको फराकिलो अग्रता

फाइल तस्बिर: बिएल

प्रदेशसभा उपनिर्वाचन अन्तर्गत दाङ ३ (ख) मतगणना अन्तिम चरणमा पुगेको छ।

प्राप्त पछिलो मतपरिणामअनुसार नेकपाकी उम्मेदवार विमला कुमारी खत्री १८ हजार २७५ मतका साथ अग्रस्थानमा रहेकी छिन्।

यसैगरी कांग्रेस उम्मेदवार केशव राज शर्माले १४ हजार ११९ मत ल्याएका छन्। अब मतगणना अन्तिम चरणमा पुगेको बताइएको छ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेका उत्तरकुमारी ओलीले २३ हजार ९७० मत ल्याएर जितेका थिए । त्यतिबेला काँग्रेसले १७ हजार ५३५ भोट ल्याएको थियो।

प्रकाशित मिति: : 2019-12-01 22:22:31

प्रतिकृया दिनुहोस्