भारतीय अर्थतन्त्र सुस्ताउँदाको असर : डलर बलियो, नेपाली रुपैयाँ कमजोर

तस्बिरः नेपाल न्यूज

भारतीय अर्थतन्त्रमा आएको मन्दीको असर नेपालको अर्थतन्त्रमा देखिन थालेको छ। भारतमा देखिएको आर्थिक मन्दीले डलर बलियो हुन पुगेको छ भने नेपाली रुपैयाँ कमजोर हुन पुगेको छ।

भारतीय सरकारी तथ्याङ्कले भारतको आर्थिक वृद्धिदर ६ वर्ष यताकै कमजोर देखाएपछि डलरको भाउ एकाएक बलियो भएको हो। भारतीय अर्थतन्त्र सुस्ताउँदा नेपालको विभिन्न क्षेत्रमा असर पार्ने अर्थविद चन्द्रमणि अधिकारी बताउँछन्।

‘भारतीय अर्थतन्त्रमा आएको मन्दीले नेपालीको दैनिक जीवनमा असर पार्छ,’ उनले नेपालन्युजसँग भने, ‘बहुआयामिक (मल्टिपल) क्षेत्रमा असर पार्ने सम्भावना देखिएको छ।’ सेटेलाइट इकोनोमी भएकाले दुवै देशलाई असर पार्ने उनको भनाइ छ।

प्रकाशित मिति: : 2019-12-02 08:12:21

प्रतिकृया दिनुहोस्