दीपेशविक्रमसँग मंसिर २१ गते बिहे गर्दै ऋचा

फाइल तस्बिर: बिएल

केही महिनायता अभिनेत्री ऋचा शर्माको विवाह प्रसंग चर्चामा थियो। तर,दुई वर्षदेखि दीपेशसँग प्रेममा रहेकी उनी मिडियामा यो बिषयमा खुलेर बोल्न चाहेकी थिइनन्। केही दिनअघिमात्रै पोखरामा ब्याचलर पार्टी दिएपछि उनको बिहेको पोख खुलियो।

उक्त पार्टीमा अभिनेत्री साथीहरु प्रियंका कार्की, केकी अधिकारी लगायतले खिचेका फोटासँगै क्याप्सनले उनको बिहे हुने कुरा पक्का भएको हो।

अहिले उनै ऋचाले प्रेमी दीपेशविक्रम राणासँग बिहे गर्ने मिती टुंगो लागेको बताएकी छिन्। उनकाअनुसार उनीहरुको बिहे डिसेम्बर ७ अर्थात् मंसिर २१ गते शनिबार हुँदैछ।

दीपेश ललितपुरमा रहेको लबिम मलका जनरल म्यानेजर हुन्।

प्रकाशित मिति: : 2019-12-03 12:46:16

प्रतिकृया दिनुहोस्