१३औं साग क्रिकेट: दीपेन्द्रको उकृष्ट ब्याटिङका बाबजुद श्रीलंकासँग नेपाल पराजित

फाइल तस्बिर: बिएल

१३औं सागको क्रिकेटको पहिलो खेलमै नेपाल ६ विकेटले पराजित भएको छ।

मंगलबार टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारीत २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो।

१७३ रनको लक्ष्य पाएकाे श्रीलंका यू–२३ टोलीले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। 

उसको जितमा शाम्मु अशानले अर्धशतकीय पारी खेले। उनले ७२ रन बनाए। यस्तै निशान मदुस्काले ४६ र पथम निशान्काले ३० रन बनाए।

कामिन्डु मेन्डिस १ रकप्तान असालान्का ६ रनको योगदान दिए।

नेपालका लागि सुशन भारी, करण केसी र सोमपाल कामी र पवन सर्राफले १/१ विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले उपकप्तान दीपेन्द्र सिंह ऐरीको उकृष्ट ब्याटिङको मदतमा २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायो।

उपकप्तान दीपेन्द्र सिंह ऐरी ७२ रनमा अविजित रहे। यस्तै विनोद भण्डारी २१, आरिफ शेख १९ र कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए। यता पारस खड्का एक रनमा आउट भए।

श्रीलंकाका लागि किमिन्दु मेन्डिसले नेपालको २ विकेट लिए ।

 

प्रकाशित मिति: : 2019-12-03 14:16:03

प्रतिकृया दिनुहोस्