नेपाल-३ भुटान शून्य, अभिषेक रिजालले गरे तेस्रो गोल

फाइल तस्बिर: बिएल

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष फुटबलमा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले ३–० को अग्रता लिएको छ।

नेपालका लागि दुबै गोल सुजल श्रेष्ठले गरेका हुन्। सुजलले खेलको चौथो मिनेटमा नै नेपाललाई अग्रता दिलाएका थिए। उनकै गोल मार्फत पहिलो हाफ १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप एक गोल थप्यो।

दोस्रो हाफ सुरु भएको पाँचौ मिनेटमा नै नेपालका सुजले नै दोब्बर अग्रता दिलाए।

यस्तै खेलको ६५ औं मिनेटमा अभिषेक रिजाले नेपालको अग्रता ३–० मा पुर्‍याए।

प्रकाशित मिति: : 2019-12-03 14:58:21

प्रतिकृया दिनुहोस्