श्रीमान्‌लाई मृत्युदण्ड दिँदाको त्यो कालो रात

रोल्पा- घरदेखि ३ घन्टा टाढाको डिल्लेश्वरी प्राथमिक विद्यालय पढाउने श्रीमान् घर नआएको लामो समय भएको थियो। फोनको सुविधा थिएन। श्रीमान् कहाँ छन् के गर्दैछन्, त्यसको जानकारी पनि थिएन मीनालाई। 

अभियानका नाममा माओवादीले शिक्षक विद्यार्थी प्रयोग गर्नु सामान्य थियो त्यसबेला। उनले पनि त्यही सोचिन्। तिलकको २४औं जन्म दिन पनि त्यसै दिन थियो। जन्मदिन मनाउन त पक्कै आउँछन् भन्ने आशा थियो उनलाई।

शिवरात्रि परेकाले सार्वजनिक बिदा थियो। विद्यालय छुट्टी भएकाले श्रीमान् चाँडै फर्केलान् भन्नेमा ढुक्क जस्तै थिइन् उनी। बिहानै उठेर घर नजिकको ढुंगेधारामा नुहाउन गइन्। फागुन अन्तिम भए पनि उनलाई जाडो भइरहेको थियो। नुहाएर घर फर्किइन्। तिलकले केही दिनअघि दाङको अम्बिकेश्वरी मन्दिरबाट ल्याइदिएको सिन्दुर निकालेर लगाउन थालिन्। 

डिब्बाको बिर्को खोल्न थाल्दा सिन्दुर भुइँमा पोखियो। 

प्रकाशित मिति: : 2019-05-05 07:54:31

प्रतिकृया दिनुहोस्