श्रीमतीलाई दिदी र छाेरालाई भाञ्जा बनाएर दाेस्राे विवाह गर्न खाेज्ने पक्राउ

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका-११ घर बताउने ३५ वर्षीय वीर बहादुर स्याङतान बहुविवाह गरेको आरोपमा रौतहटबाट पक्राउ परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका-१ की एक महिलासँग विवाह गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

दोस्रो विवाह गर्न रौतहट पुगेका स्याङतानले श्रीमतीलाई दिदी र छोरालाई भञ्जा बनाएरसँगै जन्ती लगेका थिए । वैदेशिक रोजगारको सिलसिलामा साउदी पुगेका उनी चार वर्षदेखि चन्द्रपुर नगरपालिकाकी एक युवतीसँग फेसबुकमार्फत प्रेम सम्बधमा थिए । 

केटी पक्षले २३ (सोमबार) गते नै विवाहको तयारी गरे पनि स्याङतान २४ गते बिहान पुगेका थिए । सामान्य भेषमा पुगेका उनले बेहुलीका लागि कुनै सामान लगेका थिएनन् । उनको अवस्था देखी शंका लागेर स्थानीयले गाउँमा नै थुनेर राखेका थिए । मंगलबार बिहान केरकार गर्दा उनीसँग जन्ती बनेर आएकी महिला श्रीमती र बच्चा छोरा भएको खुलासा भएको थियो । 

प्रकाशित मिति: : 2019-05-08 02:10:22

प्रतिकृया दिनुहोस्