विमानस्थलमा अझै ‘गोरे’ शैलीमै सुन तस्करी

उच्चस्तरीय सरकारी अनुसन्धान टोलीले दिएका सुझाव कार्यान्वयन नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले पनि ‘गोरे ग्याङ’ शैली पच्छयाउँदै सुन तस्करी भइरहेकोे छ।

विमानस्थलका विमान कर्मचारी, भरिया र प्रहरीको सहयोग लिएर १८ महिनामा ३ हजार ८ सय किलो सुन अवैद्य रुपमा भित्र्याउने मोरङ उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ अहिले केन्द्रीय कारागारको गोलघरमा छन्। तर विमानस्थलबाट हुने सुन तस्करीमा गोरेले अपनाएको शैली अझै प्रयोग भइरहेको आइतबारको घटनाबाट झन् पुष्टी भएको छ।

प्रहरीले कतारको दोहाबाट सुन बोकेर आएका सिरहाका धमेन्द्रकुमार यादव र उनले ल्याएको सुन विमानसम्म पुगेर लिने रञ्जनकुमार यादवलाई पक्राउ गरेपछि गोरे शैली निरन्तर रहेको खुलेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार धमेन्द्रलाई नियन्त्रणमा लिएपछि उनकै बयानका आधारमा नेपाल वायुसेवा निगमका कर्मचारी रञ्जनकुमार यादवलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति: : 2019-05-08 09:04:10

प्रतिकृया दिनुहोस्