आज टीका लगाएपछि के गर्नुहुन्छ? बुंगमतीमा चुल्हे निम्तो छ

आज दसैंको टीका लगाएपछि फुर्सदिलो हुनुहुन्छ भने बुंगमती रमाइलो गन्तव्य हुनसक्छ। 

सबैतिर दसैंको रौनक छाएका बेला काठमाडौं उपत्यकाको यो प्राचीन नगरमा नवमीदेखि बेग्लै सांस्कृतिक उत्सव सुरू भएको छ। एकादशीसम्म चल्ने यो उत्सवको महत्वपूर्ण दिन विजया दशमीको रात हो।

काठमाडौं उपत्यकाका मान्छे पहिले–पहिले नवमी, दशमी र एकादशीमा मनकामना दर्शन गर्न गोरखा जाँदैन थिए। यी तीन दिन मनकामना देवी नै बुंगमती बास बस्न आउँछिन् भन्ने कथन थियो। नयाँ पुस्ताले लगभग बिर्सिसकेको यो कथन बुंगमतीको स्मरणमा भने ताजा छ।

बुंगमती र मनकामनासँग जोडिएका दुइटा किम्बदन्ती छन्।

प्रकाशित मिति: : 2019-10-08 10:19:54

प्रतिकृया दिनुहोस्