‘नमस्ते’ भन्दै सम्बोधन सुरु गरेका सीले के-के भने ?

राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा शनिबार आफ्नो सम्मानमा दिएको रात्रिभोजलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ । तस्बिर : रासस

नमस्ते,
चिनियाँ भाषामा लेखिएको नमस्ते पढेको त्यति राम्रो सुनिएन, बुझिएन होला। त्यति राम्रो छैन होला। शरद ऋतुमा नेपालमा सयौं फूलहरू फुलेका छन्। सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु।

यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो। यहाँ मैले पुराना तथा नयाँ साथीहरुसँग भेटें। नेपालको राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित छु। भविष्यप्रति मेरा आशाहरू जागेका छन्। मलाई आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन्।

प्रकाशित मिति: : 2019-10-13 08:48:18

प्रतिकृया दिनुहोस्