महराविरुद्वको आरोपपत्र : ‘रक्सीको बोत्तल’ बोकेरै रोशनीको कोठा पुगेका थिए

Photo Credit :Ratopati

जबरजस्तीकरणी प्रयासको आरोप लागेको निर्वतमान सभामुख कृष्णबहादुर महरामाथि ३६ पृष्ठको आरोपपत्र दायर भएको छ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा बिहीबार उक्त आरोपपत्र दायर गरेको हो ।

आरोपपत्रमा ५ जना सुरक्षाकर्मीसहित संसद सचिवालयमा कार्यरत रोशनी शाहीको कोठामा महरा आफैले ‘रक्सीको बोत्तल’ बोकेर पुगेको उल्लेख गरिएको छ ।

‘राज्यको उच्च ओहोदामा पुगेका महराले कुनै हेक्का नराखी राज्य र आमनागरिक समेतका हकमा पर्ने असर समेतलाई ख्याल नगरी सोको संवेदनशीलताप्रति वेवास्ता गरी, केही सुरक्षाकर्मी मात्र लिई साँझ मादक पदार्थ सेवन गरी, साथमा रक्सी रहेको बोत्तल आफ्नो साथमा लिई, पीडित एक्लै रहेको निजको डेरामा गई निजलाई जबरजस्ती मादक पदार्थ सेवन गर्न कर लगाई गराई अनुचित प्रभावमा पारी पीडितलाई जबरजस्तीकरणी गर्न खोजेको’ आरोपपत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: : 2019-10-31 17:40:56

प्रतिकृया दिनुहोस्