नक्सलवादसँग आक्रमक बन्दै भारत सरकार

Agency

भारतको केन्द्रीय सरकार नक्सलवादी प्रति आक्रामक बनेको छ। नक्सलवादीको अड्डा मानिएको दन्तेवाडामा केही समययता देखि प्रहरीले कार्यवाहीलाई अगाडि बढाएको छ। दन्तेवाडामा भएको भिड्न्तमा एक नक्सलीको लास भेटिएको भारतीय अखबारहरुले जनाएका छन्।

दन्तेवाडाको कटेकल्याण पुलिस स्टेशन नजिकै जंगलमा नक्सलीको हमलामा गत मंगलबार एक प्रहरी जवानको मृत्यु भएपछि प्रहरी आक्रामक भएको हो। नक्सल अपरेशनका डिआइजी पी सुन्दरराजले यसको पुष्टी गरेका छन्। तर, उनले सुरक्षाकर्मी नक्सल आक्रमण नभई हद्यघातका कारण निधन भएको बताएका छन्। उनले एक प्रहरी जवान भने घाइते भएको पुष्टी गरे।

प्रहरीले २९ सेप्टेम्बरमा छत्तीसगढको नक्सल प्रभावित क्षेत्र कवर्धामा पनि एक महिला कार्यकर्तालाई मारेको थियो। भारतमा सन् १९६७ देखि सुरु भएको नक्सलवादी आन्दोलनमा हजारौं मानिसको निधन भइसकेको छ।

प्रकाशित मिति: : 2019-10-08 15:05:16

प्रतिकृया दिनुहोस्