विश्व कप जितेको मैदानमा १० दिनमा इंग्ल्यान्ड स्तब्ध

Agency

१० दिनअघि लर्ड्स मैदानमा पहिलो पल्ट विश्व विजेता बनेको इंग्ल्यान्डलाई त्यही मैदानमा विश्व कप नखेलेको आयरल्यान्डले नमिठो झट्का दिएको छ।

अस्ट्रेलियाविरूद्ध एसेज शृंखला अगाडि भएको ४ दिने टेस्टको पहिलो इनिङमा इंग्ल्यान्डलाई लर्ड्समा ८५ रनमा आयरल्यान्डले अलआउट गरेपछि विश्व विजेता टिमको आलोचना हुन थालेको छ।

इंग्ल्यान्डलाई दबाबमा राख्न टिम मुतार्घले ९ ओभरमा १३ रन खर्चेर ५ विकेट लिए। पहिलो टेस्ट खेलिरहेका मार्क एडेयरले पनि ३२ रन खर्चेर ३ विकेट लिए।

इंग्ल्यान्डले विश्व कपको स्टार ब्याट्सम्यान जेसन रोयलाई ५ रनमा गुमाएको थियो।

इंग्ल्यान्डका लागि जो डेनलीले सर्वाधिक २३ रन बनाए।

प्रकाशित मिति: : 2019-07-24 23:29:29

प्रतिकृया दिनुहोस्