ग्लोबल टी-२० : टोरन्टोले जित्दा सन्दीप र सोमपाल दुबैका टीम अन्तिम चारमा

आफू राम्रो नखेले पनि टीम भने अन्तिम चारमा : अब पालो पाउलान् कि नपाउलान् ?

क्यानडाको टोरन्टोमा जारी ग्लोबल टी २० को अन्तिम चारमा पुग्ने टिमको निर्णय भएको छ । दोस्रो चरणको अन्तिम खेलमा टोरन्टो नेशनल्स ३५ रनले बिजयी भएपछि ऊ तेस्रो भएर अन्तिम चारमा पुगेको छ भने टोरन्टोसँग हारेपछि मन्ट्रियल प्रतियोगिताबाटै बाहिरिएको छ । उसको यो हारसँगै रनरेटको आधारमा विनिपिग ह्वाक्स चौथो स्थानमा उक्लिएर अन्तिम चारमा पुगेको छ । यसअघि नै ब्रम्टन वारियर्स र भ्यान्कुभर नाइटस क्रमश: पहिलो र दोस्रो हुँदै अन्तिम चारमा स्थान पक्का गरिसकेका थिए । 

खेलाडीहरूले पैसा नपाएपछि केही महत्वपूर्ण खेलाडी बिना नै टोरन्टो नेशनल्स र मन्ट्रियल टाइगर्स निर्धारित समयभन्दा दुई घण्टा ढिलो मैदानमा छिरेका थिए । टस जितेर पहिलो ब्याटिङ गरेको मन्ट्रयल टाइगर्सका लागि यही निर्णय नै भारी भयो। उसले प्रतिस्पर्धी टोरन्टो टाइगर्सलाई १८९ रनको ठूलो स्कोर बनाउने मौका दियो । उसका बलरहरूले अपेक्षानुसार राम्रो गर्न सकेनन् ।

१९० रनको ठूलो लक्ष्य लिएर आएको मन्ट्रियलका ब्याट्सम्यानहरूले पनि राम्रो गर्न सकेनन् । उसका चार खेलाडीले दोहोरो संख्यामा रन जोडे पनि कसैले ब्याट उचाल्ने रन बनाएनन् । टोरन्टोका ग्रीनले तीन विकेट लिए भने बाँकि विकेट अरूदे बाँडेर लिएँ । मन्ट्रियल १९ ओभर तीन बल् खेल्दै १५४ रनमा समेटियो । 

यो फराकिलो हारले रनरेटका आधारमा मन्ट्रियल टाइगर प्रतियोगिताको अघिल्लो चरणमा पुग्नबाट पनि रोकियो ।

यो परिणामसँगै मन्ट्रियलभन्दा पछि रहेको विनिपिग ह्वाक्स रनरेटका आधारमा अगाडि बढ्यो र अन्तिम चारमा पुग्यो । 

यो परिणाम नेपाली खेलाडीका लागि भने सुखद रह्यो । व्यक्तिगत रूपमा खासै राम्रो गर्न नसके पनि सन्दीप लामिछानेको टोरन्टो नेशनल्स र सोमपाल कामीको विनिपिग ह्वाक्स दुबै अन्तिम चारमा पुगे । यसबाट उनीहरू अझ पनि खेल्न सक्ने र चमत्कारिक कमब्याक गरेर खेल पनि जिताउने मन पनि जित्ने सम्भावना बाँकि नै रह्यो ।  

 

प्रकाशित मिति: : 2019-08-08 04:49:13

प्रतिकृया दिनुहोस्