क्यानडामा जारी ग्लोबल टी-२० को फाइनल म्याचमा नेपाली क्रिकेटर सोमपाल कामीको टिम विनिपेग ह्वक्सले ८ विकेटको क्षतिमा १९२ रन बनाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको उसले सयमन अनवरको ९० रनको विस्फोटक ब्याटिङका कारण यतिका रन जोड्न सकेको हो । उसका लागि लिन (३७), डुमिनी (३३) र हेम्जा (१५) रनको दोहोरो अंकको रन बनाए पनि अरू कसैले रन बनाउन सकेनन् ।
डिफेन्डिङ च्याम्पियन भ्यान्कुभर नाइटसका लागि रसेलले ४ विकेट लिए भने पठान र खानले २ २ विकेट लिए ।
१६औं ओभरमा १५६ रनको स्थितिमा रहेको विनिपिगका अनवरको विकेट पतन भएपछि उ सम्हालिन सकेन । १७औं ओभरमा डुमिनी पनि ढलेपछि त्यसपछि उसले तीन ओभरमा खासै रन जोड्न सकेन ।
विस्फोटक ब्याट्सम्यान गेल बिना नै मैदानमा उत्रने डिफेन्डिङ च्याम्पियन भ्यान्कभर नाइटसका लागि १९३ रनको लक्ष्य सहज चाँहि छैन । अहिलको अवस्थामा विनिपेगको पक्षमा खेल ६० प्रतिशतले पक्षमा रहेको क्रिकेट पण्डितहरूले बताएका छन् ।