डेल स्टेनको नाम टि–२० बाट काटियो

Agency

दक्षिण अफ्रिकाको टि–२० टोलीमा आफ्नो नाम समावेश नभएपछि डेल स्टेन दुःखी भएका छन्। उनले भारत भ्रमणका क्रममा टि–२० टोलीमा प्रोटियाज टिममा समावेश नगरेकोमा अफ्रिकी छनोटकर्ताप्रति असन्तुष्टी जाहेर गर्दै भने, ‘सायद उनीहरूले मेरो नम्बर हराए होलान्।’

दक्षिण अफ्रिका यही सेप्टेम्बरमा भारत भ्रमणमा निस्किदैंछ। भारतसँग उसले तीन वटा टेस्ट शृंखलासँगै तीन वटै टि–२० खेल्दैंछ।

उनले विश्व कप लगत्तै टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए।

याे पनि पढ्नुहाेस।

रवी लामिछाने पक्राउ, अनुसन्धानका लागि चितवन लगिदै‌

१८ सय प्रहरी कारबाहीमा, प्रहरी प्रवक्ता भन्छन्- राम्रो काम गरौं पुरस्कार थापौं

चोटका कारण उनले इन्डियन प्रिमियर लिग (आइपिएल) र विश्व कप क्रिकेटबाट आफ्नो नाम फिर्ता लिएका थिए।

अहिले उनी फिट छन्। उनले आफूलाई छनोट नगरिएकोमा भारतीय समर्थक र कप्तान विराट कोहलीसँग माफी पनि मागेका छन्। विराट उनको नजिकका साथी हुन्।

उनीहरूले आइपिएलमा रोयल च्यालेञ्जर्स बेङ्लोरबाट क्रिकेट खेल्छन्। विराटले टेस्टबाट सन्यास लिने स्टेनको निर्णयलाई स्वागत गरेका थिए र उनलाई बधाई पनि दिएका थिए। 

याे पनि पढनुहाेस।

‘तिकंर काण्ड’ र दार्चुलावासीको भविष्य (भिडियोसहित)

प्रकाशित मिति: : 2019-08-15 21:12:13

प्रतिकृया दिनुहोस्