भारतीय क्रिकेटका धरोहर सचिनको अविस्मरणीय दिन (भिडियो सहित)

Agency

भारतका लागि आजको दिन दूर्भाग्य मानिन्छ। दोस्रो विश्वको अन्त्यपछि बेलायतले आजकै दिन धर्मको आधारमा भारत र पाकिस्तानलाई दुई देशमा विभाजन गरेर घर फर्किएको थियो। 

तर, क्रिकेटको कुरा गर्नु पर्दा भारतका लागि आज सबैभन्दा अविस्मरणीय दिन हो। आजकै दिन भारतीय क्रिकेटमा भगवानको पदवी पाएका सचिन तेन्दुलकरले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सतक बनाएका थिए।

यो दिनपछि उनको ब्याटिङको रफ्तार सन्यास नलिँदासम्म रोकिएन्। अहिले उनको परिचय ‘शतकका महानायक’ बनिसकेको छ। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय सतक पुरा गरेर सन्यास लिएका थिए।

सन् १९९० को १४ अगस्ट। यति बेला उनी १७ वर्ष मात्र थिए। उनी इंग्ल्यान्डको ‘स्विङ’ हुने पीच म्यानचेस्टमा खेलिरहेका थिए।

इंग्ल्यान्डले पहिलो इनिङमा ५ सय १९ रनको पहाड जत्रो योगफल तयार पार्यो। जसमा माइक आर्थटनले १ सय ३१, ग्राहम गुचले १ सय १६ र रोबिन स्मिथले १ सय २१ रनको सतकीय इनिङ खेलेका थिए।

भारतले कप्तान मोहम्मद अजहररुद्धिनको १ सय ७९, सञ्जय माञ्ज्रेकरको ९३ र सचिनको ६८ रनको कारण पहिलो इनिङमा ४ सय ३२ रन फर्काएको थियो।
पहिलो इनिङमा भारत अझैं ८७ रनले पछाडि थियो।

दोस्रो इनिङमा घरेलु इंग्ल्यान्डले ४ विकेटको क्षतिमा ३ सय २० रन बनाएर इनिङ समाप्तीको घोषणा गर्यो र भारतलाई जितका लागि ४ सय ८ रनको लक्ष्य दियो।

पाँचौ दिन भारतले १ सय २७ रनमा माथिल्लो क्रमका ५ ब्याट्सम्यानलाई गुमाइसकेको थियो। यस्तो अवस्थामा पहिलो पल्ट इंग्ल्यान्ड भ्रमणमा निस्किएका सचिनले छैटौं नम्बरमा ब्याटिङ गर्दै मनोज प्रभाकरसँग मिलेर सातौं विकेटका लागि अविजित २ सय १६ रनको साझेदारी गरेका थिए।

सचिनले अन्त्यसम्म ब्याटिङ गरेर अविजित १ सय १९ रन बनाए। प्रभाकरले पनि अविजित ६७ रन बनाए। सचिनको यहीँ इनिङका कारण भारत सम्भावित पराजयबाट जोगिएको थियो।

सचिनको यो इनिङलाई अहिले पनि क्रिकेटको थोरैमध्येको उत्कृष्ट मानिन्छ। उनले टेस्टमा ५१ र एकदिवसीयमा ४९ सतक पुरा गरेका थिए। उनले १६ नोभेम्बर सन्

२०१३ मा वेष्ट इन्डिजविरूद्ध अन्तिम टेस्ट खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिए।

उनले २ सय टेस्टमा १५ हजार ९ सय २१ र ४ सय ६३ एकदिवसीयमा १८ हजार ४ सय २६ रन बनाएका थिए।

याे पनि पढ्नुहाेस।

श्रीदेवीकी जेठी छोरी फेरि चर्चामा

कतारको दोहामा नेपालीमाथि सांघातिक आक्रमण : एकको मृत्यु, पाँच घाइते

आईआरएसको बक्यौता नतिरे पासपोर्ट नै खारेज !

प्रकाशित मिति: : 2019-08-15 23:42:49

प्रतिकृया दिनुहोस्