भारतका पूर्व क्रिकेटर चन्द्रशेखरकाे निधन

Agency

भारतका पूर्व प्रारम्भिक ब्याट्सम्यान वीबी चन्द्रशेखरको बिहीबार राती निधन भएको छ। ६ दिनपछि ५८ वर्षमा प्रवेश गर्न लागेका चन्द्रशेखरले भारतका लागि ७ एकदिवसीय खेलेका थिए।

उनले १९८८ देखि १९९० सम्म भारतका लागि क्रिकेट खेलेका थिए। जसमा उनले ८८ रन बनाएका थिए। उनले न्युजिल्यान्डविरूद्ध बनाएको ५३ रन उत्कृष्ट मानिन्छ।

घरेलु क्रिकेटमा भने उनको नाममा एउटा उत्कृष्ट इनिङ रहेको छ। तमिलनाडुबाट पहिलो श्रेणीको क्रिकेट खेल्ने क्रममा चन्द्रशेखरले ‘रेष्ट अफ इन्डिया’ विरूद्ध सन् १९८८ मा ५६ बलमा सतक बनाएका थिए। त्यति बेला उनको सतकलाई कीर्तिमानी मानिन्थ्यो।

सन् १९९७–८८ को सिजन रणजी ट्रफीको उपाधि तमिलनाडुलाई जिताउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। क्वाटरफाइनलमा उनले उत्तर प्रदेशविरूद्ध १ सय ६० र फाइनलमा रेलवेविरूद्ध ८९ रन बनाएका थिए। 

घरेलु क्रिकेटमा उनले ८१ पहिलो श्रेणीमा ४३ दशमलव ०९ को औसतले ४ हजार ९ सय ९९ रन बनाएका थिए। जसमा २ सय ३७ रनको इनिङ उनको जीवनको उत्कृष्ट हो।

चन्द्रशेखरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्समा व्यवस्थापकको भूमिका निर्वाह गरेका थिए।

याे पनि पढ्नुहाेस।

हदबन्दीभन्दा बढी जग्गा लुकाउनेलाई कारबाहीको तयारी (भिडियोसहित)

कतै प्रधानमन्त्रीलाई दिएको 'अञ्जनाको मृगौला'ले काम गर्न छोडेको त हैन ?

यस्ता कलाकार : जाे कुलतमा थिए, अहिले मूर्ति बनाउँछन् (भिडियोसहित)

 

प्रकाशित मिति: : 2019-08-16 14:33:41

प्रतिकृया दिनुहोस्