मोहम्मद आमिरलाई टेस्ट क्रिकेटबाट सन्यास लिने निर्णयमा पुनविचार गर्न पाकिस्तानका पूर्व तीब्र बलर शोएब अख्तरले आग्रह गरेका छन्।
शोएबले आफ्नो युट्युब च्यानलमा भने, ‘काउन्टी क्रिकेटमा तपाईले कति राम्रो प्रदर्शन गर्नु भयो। यसलाई खासै कसैले याद गरेका छैनन्। देशका लागि गर्ने प्रदर्शन सधै सम्झनामा आउछ।’
याे पनि हेर्नुहाेस।
नेपालकाे पहिलाे महिला अन्तर्राष्टिूय खेलाडीकाे कहानी।
२७ वर्षीय आमिरले गत महिना टेस्टबाट सन्यास लिएका थिए। उनले पाकिस्तानबाट टि–२० र एकदिवसीयमा उपलब्ध हुने जानकारी भने दिएका थिए।
मोहम्मद आमिर इंग्ल्यान्डमा एसेक्सका लागि काउन्टी खेल्छन्। मंगलबार उनले क्यान्टबरीविरूद्ध ६४ रन दिँदै ६ विकेट लिएका थिए।
आमिरको २०१६ मा ब्रिटिश नागरिक नरगिस मलिकसँग विवाह भएको थियो। उनी ‘स्पाउस भिजा’मा इंग्ल्यान्डमै बस्न लागेको पाकिस्तानी अखबारहरूले दावी गरेका थिए।
याे पनि हेर्नुहाेस।