हङकङका दुई क्रिकेटर नदीम र इरफानलाई आइसिसीले लगायो आजीवन प्रतिबन्ध

Agency

पाकिस्तानमा जन्मिएका हङकङका दुई क्रिकेटर नदीम अहमद र इरफान अहमद ‘फिक्सिङ’ को आरोपमा क्रिकेट खेल्नबाट आजीवन प्रतिबन्धित भएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले यी दुबैलाई आजीवन क्रिकेट खेल्न प्रतिबन्ध लगाएको हो। हङकङ क्रिकेट टिमका अर्का सदस्य हसिब अमजदलाई भने पाँच वर्षका लागि खेल्न प्रतिबन्ध लगाइएको छ।

नदीम हङकङका स्पिनर हुन् भने उनले २५ एकदिवसीय र २४ टि–२० खेलेका छन्। उनले एकदिवसीयमा ३८ र टि–२० मा २५ विकेट लिएका छन्। उनले पाकिस्तानविरूद्ध २००४ मा एकदिवसीयमा डेब्यु गरेका थिए।

अलराउन्डर इरफानले ६ एकदिवसीयमा ९९ रन बनाउनुका साथै ८ विकेट लिएका छन्। ८ टि–२० मा उनले ७६ रन र ११ विकेट लिएका छन्।

नदीम र इरफान दाजुभाई हुन्। उनीहरूको जन्म पाकिस्तानको बहावलपुरमा भएको थियो। इरफानलाई २००८–०९ मा हङकङको उत्कृष्ट खेलाडी घोषित गरिएको थियो।

याे पनि पढ्नुहाेस।

१६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)

अझै २० वर्ष लोक गीतमा स्वर भरिरहने रहर छ- बिमलराज क्षेत्री

नेपालका पहिलो ट्रक व्यवसायी सरदार, जो राजा महेन्द्रदेखि प्रचण्डसम्म निकट छन् (भिडियोसहित)

 

प्रकाशित मिति: : 2019-08-26 21:52:54

प्रतिकृया दिनुहोस्