राजधानी नयाँ दिल्लीको चर्चित रंगशाला फिरोजशाह कोटला रंगशालाको नाम परिवर्तन गर्दै भर्खरै दिवंगत भएका अर्थ मन्त्री अरुण जेटलीको नाम राख्ने सहमति भएको छ। दिल्ली एवं जिल्ला क्रिकेट संघले मंगलबार बसेको बैठकबाट निर्णय गरेको हो।
जेटलीको निधन शनिबार भएको थियो। जेटलीको नाममा रंगशालाको नामाकरण १२ सेप्टेम्बरमा एउटा कार्यक्रमको बीच हुने बताइएको छ।
रंगशालाको एउटा स्ट्याण्डको नाम भारतीय कप्तान विराट कोहलीको नाममा पनि राखिने छ।
याे पनि पढ्नुहाेस।
फिरोजशाह कोटलाको नाम जेटलीबाट राख्ने निर्णयको भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) का अध्यक्ष सीके खन्नालगायत पूर्व ब्याट्सम्यान तथा भारतीय जनता पार्टीका सांसद गौतम गम्भीरले स्वागत गरेका छन्।
जेटली दिल्ली क्रिकेटको अध्यक्ष हुँदा थुप्रै प्रतिभाशाली खेलाडीले अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्ने मौका पाएका थिए। जेटलीकै कार्यकालमा दिल्लीबाट गौतम गम्भीर, वीरेन्द्र सहवाग, विराट कोहली, शिखर धवन र इशान्त शर्माले अन्तर्राष्ट्रिय क्रिकेटमा मौका पाएका थिए। पछि उनीहरू सबै भारतीय क्रिकेटमा चम्किए।
याे पनि हेर्नुहाेस।