क्रिकेटको जननी मानिने इंग्ल्यान्डले विश्व कप क्रिकेटको उपाधि जितेको घटनाबाट विश्व रेसलिङ इन्टरटेनमेन्ट ‘डब्लुडब्लुई’ यति खुसी भएछ, उसले ‘डब्लुडब्लुई’ मा प्रदान गरिने च्याम्पियनसिप टाइटलको आइकोनिक कस्टम बेल्ट इंग्लिस क्रिकेट बोर्डलाई उपहारको रुपमा पठाएको छ।
यसै वर्ष जुलाई १४ मा इंग्ल्यान्डले फाइनलमा बाउन्ड्री सबैभन्दा बढी हिर्काएको आधारमा न्युजिल्यान्डलाई पराजित गर्दै उपाधि जितेको थियो।
‘डब्लुडब्लुई’ ले पठाएको बेल्ट देखाउँदै जेसन रोय, तीब्र बलर जोफ्रा आर्चर, विकेटकिपर जस बटलर, जोनी बेयरेस्टो र जोए रुटले फोटो समेत खिचेका छन्। विश्व कप जितेको मैदान लर्डसमा खिचिएको तस्बिर इंग्ल्यान्डले आफ्नो आधिकारीक ट्वीटर अकाउन्टमा समेत शेयर गरेको छ।
याे पनि।
डब्लुडब्लुई हल अफ फेमबाट सम्मानित १४ पल्ट विश्व च्याम्पियन भएका ट्रिपल एचले गत महिना सोशल मिडियाबाट एउटा घोषणा गर्दै इंग्ल्यान्ड टिमलाई टाइटल दिने बताएका थिए। ट्रिपल एच हाल डब्लुडब्लुईका कार्यकारी उपाध्यक्ष हुन्।