सिरिएमा युभेन्टसलाई आत्मघाति गोलले राहत!

तस्बिरः एजेन्सी

इटालियन सिरि एमा युभेन्ट्सले रोमाञ्चक खेलमा नापोलीलाई हराएको छ।

शनिबार राति ७ गोल भएको खेलमा युभेन्ट्सले नापोलीमाथि ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो ।

खेलमा ३-० ले अगाडि बढेको युभेन्टस एक समय ३-३ को बराबरीमा आइपुगे पनि अन्तिम मिनेटमा नेपोलीका कालिडु कौलीबालिले आत्मघाती गोल गरेपछि जित सम्भव भएको थियो ।

खेलको १६ औं मिनेटमा ड्यानिलोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए।

१९ औं मिनेटमा गोन्जालो हिग्युनले अग्रतालाई दोब्बर बनाए। ६२ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई ३–० को स्थितीमा पुर्‍याएका थिए ।

तर लगातार तीन गोल गर्दै नापोली खेलमा फर्कियो।

खेलको ६६ औं मिनेटमा कोस्टास मानोलसले नापोलीका लागि पहिलो गोल गरे। हिर्भिङ लोजानोले ६८ औ मिनेटमा गोल गर्दै खेललाई ३–२ को स्थितिमा पुर्‍याएका थिए।

८१ औं मिनेटमा जियोवन्नी डी लोरेन्जोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीतर्फ उन्मुख खेलको ईन्जुरी समयमा नापोलीका कालिदौ कोलीबालीले आत्मघाती गोल गरेपछि युभेन्ट्सले खेलमा विजयी बन्यो ।

निकै नै रोमाञ्चक खेलमा युभेन्ट्स स्पष्ट ३ अंक जोड्न सफल बन्यो ।

शीर्ष स्थानको युभेन्ट्सले २ खेलबाट ६ अंक जोडेको छ। नापोली ३ अंक सहित आठौं स्थानमा छ ।

प्रकाशित मिति: : 2019-09-01 08:18:20

प्रतिकृया दिनुहोस्