लुकाकुमाथि रंगभेदी दुर्व्यवहार

तस्बिरः एजेन्सी

इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले काग्लियारीमाथि संघर्षपूर्ण जित निकालेको छ।

आइतबार राति भएको खेलमा इन्टरले काग्लियारीलाई २-१ गोल अन्तरले हराएको हो।

खेलको २७ औं मिनेटमा काग्लियारीको घरेलु मैदानमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरूवाती अग्रता दिलाएका थिए।

खेलको ५० औं मिनेटमा काग्लियारीका जोआ पेड्रोले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। त्यसपछि खेलको ७२ औं मिनेटमा रोमेरो लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई २-१ को जित दिलाएका थिए।

तर, इन्टरको जितमा नायक बनेका लुकाकुमाथि रंगभेदी दुर्व्यवहार भएको छ। पेनाल्टीमा निर्णायक गोल गरेपछि काग्लियारीका समर्थकले लुकाकुलाई बाँदरको संज्ञा दिँदै जिस्काएका थिए।

यसैबीच युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले लुकाकुमाथि भएको दुर्व्यवहारको छानबिन गर्ने र दोषिलाई कडा कारबाही गर्ने जनाएको छ ।

यो जितसँगै इन्टरले २ खेलबाट ६ अंक जोडेको छ।  शीर्ष स्थानको इन्टरको यो लगातार दोस्रो जित हो ।

काग्लियारीको यो लगातार दोस्रो हार हो ।

प्रकाशित मिति: : 2019-09-02 08:09:35

प्रतिकृया दिनुहोस्