ऋषभले तोडे धोनीको कीर्तिमान, गिलक्रिस्टको बराबरी

Agency

भारतीय क्रिकेट टिमका युवा विकेटकिपर ऋषभ पन्तले विकेट पछाडि छिटो शिकार बनाउने आफ्ना अग्रज महेन्द्रसिंह धोनीको कीर्तिमान भंग गरेका छन्।

वेष्ट इन्डिजविरूद्ध टेस्टमा ब्याटिङमा खासै प्रदर्शन गर्न सकेका छैनन्। तर, विकेट पछाडि उनी सबैभन्दा कम टेस्टमा सर्वाधिक शिकार गर्ने विकेटकिपर बन्न सफल भएका छन्।

ऋषभले ११ टेस्टमा ५० शिकार गरेका छन्। यसअघि धोनीले ५० शिकार गर्न १५ टेस्ट खेल्नु परेको थियो। उनले इशान्त शर्माको बलमा क्रेग ब्रेथवेटको क्याच समातेपछि यो उपलब्धी हात पारेका हुन्।

याे पनि हेर्नुहाेस।

नेपालको चर्चित ब्याण्ड ‘लेकाली’ स्थापनाको कहानी: ३४ वर्षपछि पलेंटीमा जुरेको संयोग (भिडियाे सहित )

भारतका अर्का विकेटकिपर दिनेश कार्तिकले १६ टेस्टमा ५० शिकार गरेका थिए। नयान मोङ्गियाले १९ टेस्टमा यो आंकडा पुरा गरेका थिए।

ऋषभले अस्ट्रेलियाका विकेटकिपर एडम गिलक्रिस्टको कीर्तिमानलाई बराबरी गरेका हुन्। गिलक्रिस्टले पनि ११ टेस्टमा ५० जनालाई विकेट पछाडि शिकार बनाएका थिए।
दक्षिण अफ्रिकाका पूर्व विकेटकिपर मार्क बाउचर, इंग्ल्यान्डका जोनी वेयरस्टो र अस्ट्रेलियाका विकेटकिपर टिम पेनले १० टेस्टमा ५० शिकार गरेका छन्।

याे पनि हेर्नुहाेस।

बैंकको सिस्टममै नछिरी करोडौं रकम ह्याकरको हातमाः कमजोर बैकिङ सुरक्षा प्रणाली, अनुसन्धान गर्दै प्रहरी

नेपाललाई हैजा ल्याउने देशको आरोपबाट बचाएका डाक्टरको कथा (भिडियोसहित)

एक गरिब बाबुको इच्छा– छोरीलाई आँखा दान गरेर संसार देखाउने (भिडियो सहित)

प्रकाशित मिति: : 2019-09-02 12:33:44

प्रतिकृया दिनुहोस्