अफ्रिदीलाई उछिन्दै मालिंगाले बनाए टी–२० मा कीर्तिमान

तस्बिरः एजेन्सी

श्रीलंकाका कप्तान लासिथ मालिंगा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने बलर बनेका छन् ।

मालिंगाले ७४ टी–२० खेलमा ९९ विकेट लिएका हुन्।

यसअघि पाकिस्तानका पूर्व कप्तान तथा अलराउण्डर शाहिद अफरीदीको नाममा रहेको ९९ खेलमा ९८ विकेटको कीर्तिमान उनले तोडेका हुन्। उनले टी–२० मा एकपटक ४ र एक पटक ५ विकेट लिएका छन्।

९९ विकेट लिने क्रममा मालिङ्गाले १९३४ रन खर्चिएका छन्।

मालिंगाले न्यूजिल्याण्डविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा आइतबार कोलिन डी ग्राण्डहोमको विकेट लिँदै रेकर्ड बनाएका हुन्। यसैबीच आइतबार भएको खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई ५ विकेटले हराएको छ।

श्रीलंकाले दिएका १७५ रनको लक्ष्य न्यूजिल्याण्डले ३ बल बाँकी छँदै ५ विकेट गुमाएर पुरा गर्‍यो।

३६ वर्षिय मालिंगाले सन् २००६ मा इंग्ल्याण्डविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए।

मालिंगाले सन् २०११ मा टेस्टबाट र यही वर्षको गएको जुलाईमा एकदिवसीयबाट सन्यास लिइसकेका छन्।

मालिंगाले ३० टेस्टमा १०१ र २२६ एकदिवसीयमा ३३८ विकेट लिएका छन्।

यी हुन् टी–२० मा धेरै विकेट लिने बलरहरु–

१. लसिथ मालिंगा : ७४ खेलमा ९९ विकेट

२. शाहिद अफ्रिदी : ९९ खेलमा ९८ विकेट

३. शाकिब अल हसन : ७२ खेलमा ८८ विकेट

४. उमर गुल ६० खेलमा : ८५ विकेट

५. सईद अजमल : ६४ खेलमा ८५ विकेट

६. राशिद खान ः ३८ खेलमा ७५ विकेट

प्रकाशित मिति: : 2019-09-02 12:39:52

प्रतिकृया दिनुहोस्