नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणालाई नेपालमा तेक्वान्दो खेलको विकासमा महत्तवपुर्ण योगदान पुर्याएका कारण दक्षिण कोरियाली सरकारले सम्मान गर्ने भएकाे छ।
कोरियाली सरकारले प्रत्यक बर्ष सेप्टेम्बर ४ तारिखको दिनलाई तेक्वान्दो दिवसको रुपमा मनाउने गर्दछ । साेही दिन राणाले पुरस्कार थाप्ने छन्। उनीसँगै संयुक्त राज्य अमेरिकाका एक जना नागरिकलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ। सम्मान कोरियका खेलकुद मन्त्री द्वारा एक विशेष समारोह बीच हुने तेक्वान्दाे सघले जनाएकाे छ।
याे पनि हेर्नुहाेस।