समीलाई घरेलु हिंसाको आरोप, १५ दिनभित्र आत्मसमर्पण गर्न अदालतको आदेश

Agency

भारतीय टेस्ट टिमका तीब्र बलर मोहम्मद सामी र उनको भाई हाशिद अहमदविरूद्ध पश्चिम बंगालको अलीपुर अदालतले घरेलु हिंसाको आरोपमा पक्राउ आदेश जारी गरेको छ।

अदालतले सामीलाई १५ दिनभित्र आत्मसमर्पण गर्न आदेश दिएको छ। उनले आत्मसमर्पण गर्न नमानेको खण्डमा प्रहरीलाई जबरदस्ती पक्राउ गर्न भनिएको छ।

समी हाल भारतीय टोलीसँगै वेष्ट इन्डिजको भ्रमणमा छन्। समीविरूद्ध श्रीमति हसिन जहाँले घरेलु हिंसाको मुद्धा दायर गरेकी थिइन। भारतीय क्रिकेट बोर्डले अदालतको निर्णय आएपछि हतारमा आफूहरू कुनै कार्यवाही गर्ने पक्षमा नरहेको बताएको छ।

गत वर्ष नै हसिन जहाँले सामी र उनको भाईविरूद्ध दहेज उत्पीडनको आरोप लगाएकी थिइन। समीले सन् २०१४ मा कोलकाताकी मोडल हसिनसँग विवाह गरेका थिए। यो जोडीबाट एउटा छोरीको जन्म भइसकेको छ।

हसिनले परस्त्रीसँग सम्बन्ध बनाएको आरोप पनि समीमाथि लगाएकी थिइन। उनले आफूलाई मार्ने धम्की दिएको र परिवारका अन्य सदस्य मिलेर जहर दिन खोजेको आरोप लगाएकी थिइन।

याे पनि हेर्नुहाेस।

नेपालको चर्चित ब्याण्ड ‘लेकाली’ स्थापनाको कहानी: ३४ वर्षपछि पलेंटीमा जुरेको संयोग (भिडियाे सहित )

यो मुद्धा बाहिर आएपछि भारतीय क्रिकेट बोर्डले केही समयका लागि समीको वार्षिक कन्ट्रयाक रद्ध गरेको थियो।

हसिनले यसअघि समीले अन्य केटीहरूसँग वाटसएपमा गरेको म्यासेजहरू लिक गरेकी थिइन।

 

प्रकाशित मिति: : 2019-09-03 07:31:24

प्रतिकृया दिनुहोस्