श्रीलंकालाई दोस्रो टि–२० मा पनि झट्का, ४ विकेटले पराजित

Agency

कोलिन डि ग्रेडहोम (५९) र टम ब्रुस (५३) को अर्धसतकीय इनिङका कारण न्युजिल्यान्डले दोस्रो टि–२० मा श्रीलंकालाई दुई बल खेल्न बाँकी रहँदै ४ विकेटले पराजित गरेको छ।

दुबैले चौथो विकेटका लागि १ सय ३ रनको साझेदारी गरेपछि न्युजिल्यान्डले तीन खेलको शृंखलामा २–० को अग्रता बनाएको छ।

श्रीलंकाले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६१ रन बनायो। प्रत्युत्तरमा न्युजिल्यान्डले १९ दशमलव ४ ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो।

न्युजिल्यान्डको सुरुवात राम्रो हुन सकेन। दोस्रो ओभरमै प्रारम्भिक ब्याट्सम्यान कोलिन मुनरो (१३) अकिला धनन्जयको शिकार भए। धनन्जयले स्कट कागिलेन (८) र टिम सिफर्ट (१५) लाई पनि आउट गरेपछि न्युजिल्यान्डले ४ ओभरभित्र ३६ रनमा तीन विकेट गुमाइसकेको थियो।

ग्रेडहोमले ४६ बलमा ३ छक्का र २ चौकाको सहयोगले ५९ र ब्रुसले ५३ बलमा ३ चौका प्रहार गरे। १९ ओभरमा मांसपेशी तन्किएपछि उनी रनआउट भए।
पहिलो ब्याटिङ गरेको श्रीलंकाका लागि अविष्का फर्नान्डोले ३७, विकेटकिपर निरोशन डिकवेलाले ३९ रन बनाए। कुसल मेन्डिसले २६ रन बनाए।

याे पनि पढ्नुहाेस।

स्वतन्त्रता दिवसकाे दिन कतार विश्व कपकाे लाेगाे अनावरण

सेफ्टी ट्याङ्की नजिक बोरिङ मेसिन भेटिएपछि पानी उत्पादन र बिक्रीमा रोक

नेपालको चर्चित ब्याण्ड ‘लेकाली’ स्थापनाको कहानी: ३४ वर्षपछि पलेंटीमा जुरेको संयोग (भिडियाे सहित )

 

 

 

प्रकाशित मिति: : 2019-09-04 08:30:12

प्रतिकृया दिनुहोस्