एसीसी यू–१९ एसिया कप क्रिकेट आजबाट श्रीलंकामा आयोजना हुँदैछ।
श्रीलंकाको कोलम्बोमा हुने प्रतियोगिताको पहिलो दिन समूह ए का दुई खेल हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा भारत र कुवेतबीच प्रतिस्पर्धा हुनेछ।
यस्तैगरी अर्को खेलमा अफगानिस्तान र पाकिस्तानबीच खेल हुनेछ। नेपाल सम्मलित समूह बीको खेल भने शुक्रबारबाट मात्र सुरु हुनेछ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्ने छ। यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्ने छ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। प्रतियोगिता हुनु अघि नेपालले तयारी स्वरूप तीन अभ्यास खेल खेलेको थियो।