नेपाल-कुवेत फुटबल म्याच जारी: पहिलो १३ मिनेटमै नेपाललाई दुई गोल

जारी छ म्याच : नेपाल ०-२ ले पछाडि । फाइल तस्बिर

सन् २००२ मा कतारमा आयाेजना हुने फिफा विश्व कपअर्न्तगत नेपाल र कुवेतबीच दोस्रो चरणको छनाेट खेल भैरहेको छ ।

कुवेतकाे जाविर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा जारी खेलको पहिलो हाफमा कुवेतले नेपाललाई दुई गोल लगाइसकेको छ । खेलको छैटौ मिनेटमै गोलको खाता खोलेको कुवेतले त्यसको सात मिनेट नबित्दै अर्को गोल थपेर २-० को अग्रता बनाएको छ । 

कुवेतको तर्फबाट पहिलो गोल नासिरले गरे भने दोस्रो ग।ल हाजिरीले गरे । 

नेपालले भने पहिलो हाफमा गोलको खाता खोल्न सकेन । 

नेपाल र कुवेतबीच हालसम्म ६ खेल भएकोमा ५ खेल कुवेतको जितेको छ भने १ खेल बराबरीमा सकिएको छ । १९८२ को दिल्ली एसियाडमा वाईबी घलेले कुवेतविरुद्ध गरेको गोल नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल हो । अहिलेसम्म नेपालले कुबेतलाई गरेको एक मात्र गोल पनि त्यही 'घले गोल' नै हो । 

नेपालभन्दा बरियतामा ४ स्थानमात्र माथि रहेकाे कुवेतसँग गत चैतमा नेपालले दुईवटा मैत्रीपूर्ण खेल खेलेकाे थियाे । जसमा पहिलाे खेल गाेलरहित बराबरी र दाेस्राे खेलमा नेपाल १–० ले पराजित भएकाे थियाे । 

प्रकाशित मिति: : 2019-09-06 00:00:37

प्रतिकृया दिनुहोस्