युरोकप छनोट खेलमा युरोपियन पावरहाउस जर्मनी नेदरल्याण्ड्ससँग पराजित भएको छ।
गए राति भएको समूह सी को खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा जर्मनी डच टिमसँग चार-दुईले स्तब्ध भएको हो। खेलको नवौं मिनेटमा नै जर्मनीका नाब्रीले गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको जर्मनी विरुद्ध डच टिमले दोस्रो हाफमा चार गोल गर्दा उसले एक गोल मात्र फर्काउन सफल भयो।
५९ औं मिनेटमा डी जोङले गोल गरे भने ६६ औं मिनेटमा डच टिमले उपहार गोल पायो। जर्मनीका ताहले आत्मघाति गोल गरेका थिए।
त्यसपछि ७३ औं मिनेटमा डच टिमका क्रुसले आफ्नै पोष्टमा गोल गरेपछि खेल दुई दुईको बराबरीमा पुगेको थियो । ७९ औं मिनेटमा मलिनले फेरि डच टिमका लागि तेस्रो गोल गर्दा खेल तीन दुईको अवस्थामा पुग्यो। खेलको इन्जुरी समयमा नेदरल्याण्ड्सले चौथो गोल थप्यो ।
तर, त्यसपछि जर्मन खेलमा फर्कन सकेन र पराजित भयो।
जितपछि नेदरल्याण्ड्सले तीन खेलमा ६ अंक बनाएको छ भने जर्मनीको चार खेलमा नौ अंक छ। समूह सी को शीर्ष स्थानमा आयरल्याण्ड रहेको छ । उसका चार खेलमा १२ अंक छ।