अमेरिकी खेलाडी सेरेना विलियम्सलाई हराउँदै क्यानाडाकी वियान्का एन्ड्रेस्कुले युएस ओपन टेनिसको उपाधि जितेकी छन्।
न्युयोर्कमा शनिबार राति भएको खेलमा १५औं वरीयताकी १९ वर्षीय वियान्काले आठौं वरीयताकी सेरेनालाई ६–३ र ७–५ को सोझो सेटमा हराउँदै पहिलो ग्रान्डस्लाम उपाधि जितेकी हुन्।
सेरेनालाई हराउन वियान्काले १ घन्टा ४० मिनेट मात्रै समय खर्चिइन्।
उनी क्यानडाबाट ग्रान्डस्लाम जित्ने पहिलो महिला खेलाडी समेत बनेकी छन्। यस्तै उनी २००४ पछि ग्रान्डस्लाम जित्ने पहिलो टिनेज खेलाडी बनेकी छन्। सन् २००४ मा रसियन मारिया सारापोभाले टिनेजमा विम्वलडनको उपाधि जितेकी थिइन् । यस्तै २००६ मा सारापोभाले युए ओपन जितेकी थिइन्।
सुरुवाती सेटदेखि नै सेरेनाविरुद्ध आत्मविशवासी भएर खेल्दा जित हात पार्न सकिएको र यसवर्ष सपना साकार भएको वियान्काले समर्थकमाझ बताएकी छिन्।
यता, लगातार चार मुख्य उपाधिबाट चुकेकी सेरेनाले वियान्काले अविश्वनीय खेल खेलेको बताइन्।
वियान्कासँग पराजित भएसँगै ३७ वर्षीय सेरेनाको २४औं ग्रान्डस्लाम जित्ने सपना तुहिएको छ।