यूएस ओपन टेनिसको उपाधि राफेल नाडालले जितेका छन्।
पहिलो पटक ग्राण्डस्लामको फाइनल पुगेका रसियन खेलाडी डेनील मेदभेदेभलाई पाँच सेटमा हराउँदै नाडालले चौथो पटक उपाधि उचालेका हुन्।
दुई वर्षपछि यूएस ओपन टेनिसको उपाधि जित्ने क्रममा नाडालले मेदभेदेभलाई ३-२ को सेटमा हराए।
पाँचौ बरियताका मेदभेदेभ विरुद्ध दोस्रो बरियताका स्पेनिस नाडालले ७–५, ६–३, ५–७, ४–६ र ६–४ को सेटमा निकै संघर्षपूर्ण रुपमा जित निकालेका हुन्।
सुरुवाती दुई सेट जिते पनि त्यसपछि मेदभेदेभले लगातार दुई सेट जित्दै नाडाललाई कडा ठक्कर दिएका थिए।
अन्तिम सेटमा भने नाडालको अगाडि २३ बर्षे मेदभेदेभ खासै चल्न सकेनन्।
पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेका मेदभेदेभले नाडालसँगको फाइनल खेल रोमाञ्चक बनेको र आफूले अन्तिम सेटमा राम्रो खेल्न नसकेको प्रतिक्रिया दिए।
जितपछि नाडालले उपाधि भिडन्त निकै रोमाञ्चक रहेको बताएका छन् । नाडालले यसअघि सन् २०१०, २०१३ र २०१७ मा यो प्रतियोगिताको उपाधि जितेका थिए।१९ औ ग्रान्डस्लाम जितेका नाडाल अब रोजर फेडेररको २० औ ग्रान्डस्लाम बराबरी गर्न मात्र एक उपाधि पछाडि छन्।