एसीसी यू-१९ एसिया कपमा प्रतिष्ठाका लागि भिड्दै नेपाल र यूएई

तस्बिरः एजेन्सी

श्रीलंकामा जारी एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल दौडबाट बाहिरिएका नेपाल र युएई आफ्नो अन्तिम खेल खेल्दैछन्।

खेल नेपाली समय अनुसार बिहान पौने दस बजेबाट सुरू हुनेछ।

नेपाल र युएई लगातार दुबै खेलमा पराजित हुँदै समूह बी बाट बाहिरिसकेका छन्। त्यसैले दुबै टोलीका लागि यो खेल प्रतिष्ठाको लडाई मात्र हुने छ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ र बंगलादेशसँग ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो। यस्तै यूएई श्रीलंकासँग ५२ रन र बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो।

गत वैशाखमा सम्पन्न यू १९ विश्वकप छनोटमा नेपाल यूएईसँग डक वर्थ लेविस पद्धतिका आधारमा १ रनले पराजित हुँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप खेल्ने मौका गुमाएको थियो। जुन पीडाको बदला नेपालले यूएईसँग लिन चाहन्छ।

पछिल्ला पाँच खेलमा नेपालले युएईविरुद्ध हारेको भनेको त्यहि विश्वकप छनोट खेल नै थियो । त्यसअघिका चार खेलमा नेपाल सधै विजयी भएको थियो ।

युएईविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य सान्त्वना जित निकाल्नु हुनेछ । नेपाल एक जितसहित घर फर्कन चाहन्छ । त्यसका लागि नेपाल तुलनात्मक कमजोर टिम युएईलाई शिकार बनाउने योजनामा हुनेछ ।

तर, युएईविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । युएई पनि सान्त्वना जित निकाल्दै घर फर्कन चाहन्छ ।

 

 

 

प्रकाशित मिति: : 2019-09-10 08:29:51

प्रतिकृया दिनुहोस्