नेपाल किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले ताजिकिस्तानलाई १-० गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाललाई जिताउन साबित्रा भण्डारीले निर्णायक गोल गरिन्। उनले ८५ औं मिनेटमा गोल गर्दै नेपाललाई महत्वपूर्ण जित दिलाइन्।
अघिल्ला दुई खेलमा एकमा जित र एकमा हार व्यहोरेको नेपालले अब उपाधिका लागि उज्वेकिस्तानको सामना गर्नेछ।