आरसिबीको कप्तान विराट कोहली नै रहने

Agency

इन्डियन प्रिमियर लिग (आइपिएल) को फ्रेञ्चाइजी रोयल च्यालेञ्जर्स बेङ्गलोरका निर्देशक माइक हेसनले स्पष्ट पारेका छन्, अघिल्लो सत्रमा पनि टिमको कप्तान विराट कोहली यथावत रहने छन्। हेसनले विराटसँग अपार क्षमता भएको र टिमले कुन क्षेत्रमा सुधार गर्नुपर्ने हो? यो आफूहरूलाई जानकारी भएको बताए।

साफ यू–१८ च्याम्पियनसिप: पहिलो खेलमै माल्दिभ्ससँग आयोजक नेपाल बराबरीमा रोकियो

विराटको कप्तानीमा पछिल्लो दुई सिजन टिमले राम्रो प्रदर्शन गर्न सकेको छैन। बेङ्गलोरले टिम इन्डियाको फिटनेश ट्रेनर रहेका शंकर बासुलाई क्लबमा अनुबन्धित गरेको छ। सन् २०१५ मा भारतीय टिममा समावेश हुनुअघि पनि उनी क्लबमै आवद्ध थिए। बासुलाई भारतको सबैभन्दा राम्रो ट्रेनरको रुपमा हेरिने गरिन्छ। यस्तै, श्रीधरन श्रीरामलाई टिमको ब्याटिङ र बलिङ दुबै प्रशिक्षक नियुक्त गरिएको छ।

प्रकाशित मिति: : 2019-09-20 19:00:19

प्रतिकृया दिनुहोस्