बार्बाडोसको सहज जितमा सन्दीपको १ विकेट

तस्बिरः एजेन्सी

नेपाली लेग स्पिनर सन्दीप लामिछानेसम्मिलित बार्बाडोस ट्राइडेन्टसले क्वारेवियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट लुसिया जुक्सलाई ७१ रनले पराजित गरेको छ।

१ सय ७३ रनको लक्ष्य पछ्याएको लुसिया १४.५ ओभरमा अल आउट हुँदै १ सय १ रनमा समेटियो। उसका लागि हार्डस भिलोजेन ३१ र कोलीन डी ग्राण्डहोमले २८ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन्।

बार्बाडोसलाई सहज जिताउन कप्तान जोसन होल्डर र जोशुआ बिशपले समान २ विकेट लिए। त्यस्तै सन्दीप लामिछाने,जोश लालोर र रेमोन रिफरले समान १ विकेट लिए । सन्दीपले ३.५ ओभरमा २९ रन खर्चेर १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो ।

ओपनर जस्टिन ग्रीब्सले सर्वाधिक ५७ रनको योगदान दिए। त्यस्तै अर्का ओपनर जोसन चाल्र्सले २८ रनको योगदान दिए। जोनाथन कार्टरले ३०,जेपी ड्युमिनीले १८ रनको योगदान दिए। एलशे नर्श १५ रन जोडे। लुसियाका केस्रिक विलियम्सले सर्वाधिक ३ र ओबेद म्याकोयले २ विकेट लिए ।

यस्तो रह्यो सन्दीपको ३.५ ओभर

पहिलो ओभरःसातौं ओभरमा आफ्नो पहिलो स्पेल लिएर आएका सन्दीपले ४ रन मात्र खर्चिए। कोलिन डी ग्राण्डहोम डरेन सम्मीलाई १–१ रन गरि ४ रन मात्र खर्चिए। सन्दीपले दोस्रो र पाँचौ बल डट राखेका थिए।

दोस्रो ओभरः सन्दीपले नवौं ओभरमा ७ रन खर्चिए। पहिलो बलमै डी ग्राण्ड होमले सन्दीपलाई चौका प्रहार गरे । दोस्रो बल डट रोखे । तेस्रो बलमा डी ग्राण्डहोम २८ रनमा रन आउट हुन पुगे । चौथो बलमा डट राख्दा पाँचौमा २ र छैठौंमा १ रन दिए ।

तेस्रो ओभरः सन्दीपले १३ औं ओभरमा २ रन मात्र खर्चिए। पहिलो बलमा हार्डस भिलोजेनलाई १ रन दिए । सन्दीपले केस्रिक विलियम्सलाई लगातार ३ बल डट राख्दा पाँचौ बलमा १ रन दिएका थिए ।

चौथो ओभरः सन्दीपले आफ्नो अन्तिम स्पेलको १५ ओभरमा भने खराब प्रर्दशन गरे। हार्डस भिलोजेनले सुरुवाती दुई बलमा लगातार छक्का प्रहार गरे। तेस्रो बलमा एक रन दिए। चौथो बलमा फहाद अहमीदलाई ३ रन दिए। पाँचौ बलमा सन्दीपले हार्डसलाई ३१ रनमा बोल्ड आउट गरे। ओबेद म्याकोय रिटायर्ट आउट भएपछि सन्दीपले अन्तिम बल गर्नु परेन।

प्रकाशित मिति: : 2019-09-21 09:28:56

प्रतिकृया दिनुहोस्